राष्ट्रपति र प्रधानमन्त्रीबाटै लोकतन्त्र संकटमा : पूर्वराष्ट्रपति यादव

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ७, शुक्रबार (४ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

फागुण ७, काठमाण्डौ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्र धरासायि भएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्र संकटमा परेको समेत जिकिर गरे । नेपाली काँग्रेसका नेता डा शोभाकर पराजुलीद्वारा लिखित समाजवाद बिपी विचार संग्रह पुस्तकको विमोचन समारोहमा डा. यादवले लोकतन्त्रमाथि ग्रहण लागेको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पदीय दायित्वबाट विमुख भई दलीय स्वार्थमा लागेको आरोप लगाएका छन् ।

कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रधानमन्त्रीको कदम लोकतन्त्र, गणतन्त्र र संघीयताको पक्षमा नरहेको बताए । उनले सर्वोच्च अदालतले प्रधानमन्त्रीकै कदमलाई सदर गर्ने हो भने संसद विघटन गर्नुको कानुनी आधार खुलाउनुपर्ने धारणा राखे ।

ताजा अपडेट

खोजी गर्नुहोस