फागुण १२, काठमाण्डौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाको सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेको खबर सुन्दा खुसी लागेको बताएका छन् ।
मङ्गलवार प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्चको फैसलापछि नेता भट्टराईले यसलाई सुखद संयोग भएको बताए ।