फागुण १२, काठमाण्डौ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला गरेपछि संघीय संसद् सचिवालयले संसद् बैठकको तयारी सुरु गरेको छ । अदालतले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएपछि सचिवालयले सम्पूर्ण तयारी थालेको प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी दिए । उनले पुस १७ मै हुने हिउँदे अधिवेशनका लागि गरेको तयारीले १३ दिनभित्रै बैठक गर्न सकिने बताए ।
अदालतको आदेशअनुसार सरकारले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक राख्ने दिन तय गरी राष्ट्रपतिसमक्ष सिफारिस गरिसक्नु पर्नेछ । सरकारको निर्णयका आधारमा राष्ट्रपतिले संसद् बैठक आह्वान गर्न सक्ने संवैधानिक प्रावधान छ ।