नेपालको आवश्यकता अनुसारको शिक्षा हुनुपर्छ : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ चैत्र १९, बिहिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र १९, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको बताएका छन् । राजधानीमा बिहीबार गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको आवश्यकता अनुसारको शिक्षा आवश्यक भएको बताएका हुन् । उनले शिक्षा राम्रो हुनका लागि शिक्षक पनि राम्रो हुनु पर्ने बताउँदै शिक्षा विकासको आधार भएको बताए । प्रधानमन्त्री ओलीले विगतमा शिक्षा क्षेत्रमा परिवर्तन गर्न खोजीए पनि खासै परिवर्तन नभएको उल्लेख गर्दै प्राविधिक शिक्षालाई प्राथमिकतासाथ अगाडि लैजानुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारले विकासका गतिविधि मात्रै नभएर शिक्षा स्वास्थ्य लगायत विकास निर्माणका नयाँ योजनाको सुरुवात गरेको बताए । उनले मेलम्ची खानेपानीको सफलतालगायत थुप्रै योजनामा सरकारले सफलता पाएको जानकारी दिए । उनले बाटो, ढल र विद्युतको तालमेल मिलाउँदै विकासको गतिलाई अधि बढाउनुपर्ने बताए । उनले निर्माणका कुरामा इतिहास झल्किने र आधुनिकता देखिने हुनुपर्ने बताउँदै समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना गरिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस