चैत्र २१, काठमाडौ । कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकार गठन गर्न पहल गर्ने भएको छ। कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको हो । कांग्रेसको शुक्रबार साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकार संविधान र लोकतन्त्र मास्न उद्यत् रहेको निष्कर्ष निकालेको छ ।
कांग्रेस नयाँ सरकार गठनको रणनीतिबारे बोलेको छैन । उसले विपक्षी दलहरू मिलेर अविश्वासको प्रस्ताव गर्नेबारे कुनै निर्णय गरेको छैन । संसद्मा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न एकचौथाइ सांसद आवश्यक पर्छ। कांग्रेस एक्लैले अविश्वासको प्रस्ताव दर्ता गर्न पर्याप्त संख्या पुग्दैन । प्रवक्ता शर्माले अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे कुनै निर्णय नभएको सुनाए ।