चैत्र २१, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता गरेमा आफूले राजीनामा दिने बताएका छन् । बालुवाटारमा भएको सडक आयोजना शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले राजीनामा मात्रै मागिरहनुभन्दा समर्थन फिर्ता लिएमा सहज रुपमा राजीनामा आउने बताए । नेकपा माओवादीले समर्थन फिर्ता नलिएकोतर्फ इङ्गित गर्दै उहाँले समर्थन पनि फिर्ता नलिने र राजीनामा मागिरहने कुरा आपसमा नमिल्ने बताए ।
कार्यक्रममा उहाँले अहिले ताजा जनादेश आवश्यक रहेको पनि बताए । देशको आवश्यकताको विपरित संसदमा अंकगणित आएको अवस्थामा ताजा जनादेश नभइ अघि बढ्न नसक्ने उनको भनाइ छ ।