एकता कायम राख्न एमाले नेता झलनाथ खनाललाई राष्ट्रपतिको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र २२, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकता कायम गरेर अघि बढ्न एमाले नेता झलनाथ खनाललाई आग्रह गरेकी छन् । खनालको निवास पुगेर राष्ट्रपतिले यस्तो आग्रह गरेकी हुन् ।

एमाले विभाजनको संघारमा पुगेका बेला राष्ट्रपतिले एकताको आग्रह गर्दै दौडधुप बढेको हो । “उहाँले पार्टी एकता कायम होस्, लोकतन्त्र सुदृढ भएर जाओस् भन्नुभयो,” खनालले भने । राष्ट्रपति खनाल निवासमा करिब एकघण्टा बसेकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस