पार्किङको विवादमा एमाले सांसद रावल बस्ने घरमा ढुंगा प्रहार

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

वैशाख २ काठमाडौं । काठमाडौंको शान्तिनगर स्थित एमालेका सांसद झपटबहादुर रावल बस्ने घरमा ढुंगा प्रहार भएको छ । बिहीबार राज्य व्यवस्था समितिको बैठकमा उनले आफ्नो घरमा ढुंगामुढा हुँदा प्रहरीले वेवास्ता गरेको आरोप लगाए । गएराती पौने १२ बजेमा पार्किङको विषयमा विवाद भएको थियो ।

बाटोमा पार्किङ गरेको मोटरसाइकलको हावा खुस्काएपछि आक्रोशित समूहले हुलदंगा गरेका थिए । हुलदंगा गर्नेहरुलाई छलफलमा बोलाइएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दक्ष कुमार बस्नेतले बताए ।

‘दुवै पक्षलाई बोलाएर छलफल गराउँदै छौं’ डिएसपी बस्नेतले भने– ‘केही दिनअघि देखी विवाद भइरहेको थियो, हिजो उहाँ बस्ने घरमा एउटा ढुंगा हानेका रहेछन् ।’ ढुंगा प्रहारबाट घरमा क्षति पुगेको छैन् । विवाद भएको खबर आउनासाथ तत्काल प्रहरी पुगेको डिएसपी बस्नेतले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस