प्रधानमन्त्री ओली र प्रचण्डबीच टेलिफोन संवाद, सर्वदलीय बैठकको निम्तो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ३, शुक्रबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

बैशाख ३,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच टेलिफोन वार्ता भएको छ । सर्वदलीय बैठक आव्हान गर्नुअघि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग टेलिफोन वार्ता भएको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकको निमन्त्रणाका लागि अध्यक्ष प्रचण्डलाई टेलिफोन गरेका हुन् । टेलिफोनको क्रममा निमन्त्रणासहित केही राजनीतिक विषयमा कुराकानी हुनु स्वभाविक रहेको उनले बताए । अध्यक्ष प्रचण्डले शुक्रबार ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उदघाटनमा सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्रीको टेलिफोन आएको जानकारी गराएका थिए ।

उनले भने, “धेरै दिनपछि प्रधानमन्त्री ओलीको मलाई टेलिफोन आयो, म एउटा गाउँ पालिकाको भवन उदघाटन गर्दैगर्दा फोन आयो । यहाँको बाटो फराकिलो नभएकाले म त्यसबारेमा पनि प्रधानमन्त्रीसँग कुरा गर्नेछु ।”

ताजा अपडेट

खोजी गर्नुहोस