संसदका १६० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सांसदको संख्या १९ पुग्यो !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २५, शनिबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

बैशाख २५, काठमाण्डौ । कोरोनाबाट संक्रमित हुने सांसदको संख्या १९ पुगेको छ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभाका १८ जना सदस्य र राष्ट्रिय सभाका एक जना सदस्यमा कोरोना संक्रमण पुष्‍टि भएको छ ।
त्यस्तै संसद सचिवालयका १ सय ४१ कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै १६० जनामा कोरोना संक्रमण देखिएको सचिवालयले जनाएको छ ।

वैशाख २२,२३ र २४ गते संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस