नेपाल–पौडेल–नेम्वाङ छलफल सकियो,के–के भयो कुराकानी ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख २६, आईतबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

बैशाख २६,काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ ।

सिंहदरबारमा भएको भेटपछि सुवास नेम्वाङले जानकारी दिए अनुसार उनीहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका थिए ।

नेता नेपालले पनि आफ्ना कुरा खुलस्त राखेको भन्दै उनले भने, पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्छ भन्नेमा विवाद छैन ।’ कसरी समाधान गर्ने ? के-के आधारमा सहमति खोज्ने भन्ने छलफलमै रहेको उनले बताए ।

उनका अनुसार पुनः छलफल गर्ने सहमति भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस