बैशाख २९, काठमाण्डौ । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले नयाँ सरकार गठनका लागि समर्थन गर्न अस्वीकार गरेसँगै पृथ्वी सुब्बा गुरुङ फेरि मुख्यमन्त्री हुने सम्भावना बढेको छ ।
प्रदेशसभामा अल्पमतमा परेपछि गत आइतबारमात्र राजीनामा दिएका मुख्यमन्त्री गुरुङले सरकार गठनका लागि अन्य दलले बहुमतसहित दावी गर्न नसकिरहेको अवस्थामा सरकारको नेतृत्व कायमै राख्ने अवसर पाउन सक्ने देखिएको हो ।