नेपाली कांग्रेस पर्वतले कोभिड अस्पताल बनाउन पार्टी कार्यालय उपलब्ध गराउने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख ३०, बिहिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख ३०, पर्वत । नेपाली कांग्रेस पर्वतले कोभिड अस्पताल बनाउन पार्टी कार्यालय उपलब्ध गराएको छ । जिल्लामा संक्रमण बढ्दै गएकाले संक्रमितको उपचार र व्यवस्थापनका लागि पार्टी कार्यालय कोभिड अस्पताल बनाउन उपलब्ध गराइएको नेपाली कांग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले जानकारी दिए । करीब साढे २ करोड रुपैयाँ लागतमा बनेको उक्त भवनमा १०० बेडसम्मको अस्पताल सञ्चालन गर्न सकिने बताइएको छ ।

आइतवार जिल्ला कार्यसमितिको बैठक बसेर नवनिर्मित भवन कोभिड अस्पताल सञ्चालनका लागि उपलब्ध गराउने निर्णय गरेको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पार्टी कार्यालय निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई लिखित पसहित कोभिड अस्पताल बनाउन पार्टी कार्यालय दिने निर्णय भएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस