बैशाख ३१, काठमाण्डौ । ललितपुरको गोदावरीमा ३ हजार क्षमताको मुख्य हलसहित निर्माण गरिएको अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्रको प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो उद्घाटन गर्ने भएका छन् ।
४२ औँ प्रधानमन्त्रीको सपथ लिए लगत्तै उनले शुभ कार्यको रुपमा आफू दोस्रो पटक प्रधामन्त्री भएपछि नै निर्माण थालिएको उक्त भवनको उद्घाटन गरेर सकारात्मक सन्देश दिन लागेका हुन् ।