सर्वोच्चले संवैधानिक व्याख्या र मौलिक हकको उपचार मागिएका रिट हेर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ बैशाख ३१, शुक्रबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

बैशाख ३१, काठमाण्डौ । कोरोना महामारीको कारण देखाउँदै बन्दी प्रत्यक्षीकरण र कोरोनासम्बन्धी निवेदनमात्र हेर्ने गरेको सर्वोच्च अदालतले अब संवैधानिक व्याख्या, मौलिक हकको उपचार र सार्वजनिक सरोकारका मुद्दा पनि हेर्ने भएको छ ।

सर्वोच्च अदालतको फुलकोर्ट बैठकले सबै न्यायाधीशको पूर्ण बैठक उल्लेखित मुद्दा दर्ता र सुनुवाइ दुबै गर्ने निर्णय गरेको सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । सरकारवादी हुने पुनरावेदन फिर्ता सम्बन्धी मुद्दा र मिलापत्र हुन सक्ने सरकारवादी मुद्दा पनि सर्वोच्चले हेर्ने उक्त विज्ञप्तिमा उल्लेख छ । यी मुद्दाको सुनुवाइका लागि भर्चुअल विधिबाट बहसरपैरवी गर्ने व्यवस्था सर्वोच्च प्रशासनले मिलाउन पनि बैठकले भनेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस