प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच बालुवाटारमा भेटवार्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ भाद्र १३, आईतबार (३ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

भदौ १३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग आइतबार बिहान परामर्श गरेका हुन् ।

बालुवाटारमा भएको छलफल मन्त्रिपरिषद विस्तारको विषयमा केन्द्रित रहेको स्रोतले बतायो ।

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव भने भेटमा सहभागी थिएनन् । यादव हाल काठमाडौं उपत्यकाबाहिर छन् ।

गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवा नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा थिए । आयोगले यही भदौ ९ गते नेकपा एकीकृत समाजवादीले दल दर्ताको प्रमाणपत्र उपलब्ध गराइसकेको छ ।

हाल सरकारमा कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादीको तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल मात्र छन् । कांग्रेसको तर्फबाटै उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस