कांग्रेस काठमाडौंको वडा अधिवेशन असोज ५ गते हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ आश्विन २, शनिबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज २, काठमाडौँ । नेपाली कांग्रेस काठमाडौंको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ ।

सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौंको सदस्यता विवाद मिलेसँगै शुक्रबार बसेको कांग्रेस काठमाडौं जिल्ला समितिको बैठकले असोज ५ गते वडा अधिवेशन प्रारम्भ गर्ने निर्णय गरेको हो ।

कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले पार्टीको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्ग्याएर जिल्लालाई पठाइसकेकाले वडा अधिवेशन गर्न लागेको जानकारी दिए ।

काठमाडौंमा १० निर्वाचन क्षेत्र र २० प्रदेश निर्वाचन क्षेत्र छन् । काठमाडौं महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा १३८ वडा छन् । काठमाडौंमा कांग्रेसको ३० हजारभन्दा बढी क्रियाशील सदस्य छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस