‘जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउनुपर्छ’ : गगन थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २४, बुधबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

जेठ २४, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय तत्काल सच्याउन सरकारसँग माग गरेका छन्। बु्धबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले निर्वाचन आयोगको कार्यालय कटौती गर्नेतर्फ सरकारले ध्यान नदिएको भन्दै निर्णय तत्काल सच्याउन माग गरेका हुन् ।

उनले निर्वाचन आयोगको भूमिकालाई संकूचित पार्दा निर्वाचनको निष्पक्षतामाथि नै प्रभाव पार्ने बतए। उनले जिल्ला निर्वाचन आयोगलाई जिल्ला प्रशासनमा सार्ने काम भयो भने यसले निर्वाचन आयोगको भूमिका संकूचित हुने र कामसमेत प्रभावित हुने धारणा व्यक्त गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस