कोशीमा सरकार गठनका लागि सभामुखलाई राजीनामा गराउने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १३, शनिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन १३, काठमाडौँ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितका गठबन्धन दलहरू कोशी प्रदेशका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर नयाँ सरकार गठन गर्ने तयारीमा लागेका छन् ।

सभामुख गौतमलाई राजीनामा गराउन दलहरूले गौतमलाई तीव्र दबाब दिइरहेको बताइएको छ । तर, गौतमले भने तत्काल राजीनामा दिन आनाकानी गरिरहेका छन् ।

यदि माओवादीका तर्फबाट सभामुख बनेका गौतमले राजीनामा दिएर नयाँ सरकार गठनको व्यवधान हटाउने अवस्था आए सरकारको नेतृत्व कांग्रेसले नभइ माओवादी केन्द्रले गर्नुपर्ने वहस पनि दलहरूबीच सुरू भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस