मधेश सरकारले आज पूर्णता पाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १५, सोमबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन १५, काठमाण्डौँ । मधेश प्रदेश सरकार गठन भएको आठ महिनापछि आज मन्त्रिपरिषद्‍ले पूर्णता पाउने भएको छ ।
प्रदेश सरकारका प्रवक्ता सञ्जयकुमार यादवले सरकारलाई पूर्णता दिने विषयमा सत्ता गठबन्धन दलबीच सहमति भएसँगै आज सरकारले पूर्णता पाउने बताए ।

खाली रहेका दुई मन्त्रालय जसपा र कांग्रेसले पाउने गरी सरकार विस्तार हुने उनले बताए । जसपाले श्रम तथा यातायात र कांग्रेसले गृह सञ्चार तथा कानुन मन्त्रालय पाउने गरी सहमति भएको उनले बताए । जसपाले श्रम तथा यातायातमा बिनाविभागीय मन्त्री सुरिता साहलाई जिम्मेवारी दिने तयारी छ । कांग्रेसले सप्तरीबाट दुई पटक निर्वाचित मोहम्मद समिमलाई सरकारमा पठाउने सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस