‘निर्माणाधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक भएन’ : सभामुख घिमिरे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १७, बुधबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १, काठमाडौँ । सभामुख देवराज घिमिरेले निर्माणधीन संसद भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताएका छन् ।

बुधबार सम्बन्धित सरोकारवालासँग निर्माणधिन संसद भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले यस्तो बताएका हन् ।

उहाँले आफूले केही महिना अघि लिएको विवरणमा भौतिक प्रगति बढी र आर्थिक प्रगति कम रहेको पाएको तर अहिले आर्थिक र भौतिक प्रगति बराबर भएपनि भौतिक प्रगति उल्लेख्य हुन नसकेको बताए ।

सभामुख घिमिरेले अहिले निर्माणाधिन संसद भवनको भौतिक प्रगति ६६ प्रतिशत र आर्थिक प्रगति ६३ प्रतिशत रहेको बताए । उनले निर्माणको भुक्तानी बढ्दै जाँदा भौतिक प्रगति भने राम्रो नभएको जिकिर गरेका थिए । अहिले सरकारले निर्माण भुक्तानी दिन गाह्रो भएको भन्दै उहाँले ठेकेदारहरुले नापेर निर्माणका काम गरिरहेको बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस