संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १८, बिहिबार (१ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

साउन १८, काठमाडौँ । सर्बोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन आज संबैधानिक परिषदको बैठक बस्दैछ । गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाइएको हो। बैठक साँझ ५ बजे बस्नेछ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिने भएकाले नयाँ प्रधाननयायाधीश नियुक्तिको सिफारिस गर्न परिषदको बैठक बस्न लागेको हो । संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीशको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नुपर्छ।

ताजा अपडेट

खोजी गर्नुहोस