एमालेले राष्ट्रिय सभा बैठक पनि चल्न नदिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १८, बिहिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १८, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभाको बैठक पनि चल्न नदिने भएको छ । प्रतिनिधिसभाको बैठकमा साउन १० देखि अवरोध गर्दै आएको एमालेले राष्ट्रिय सभाको बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बोलाइएको बैठक पनि चल्न नदिने जनाएको छ ।

एमालेको राष्ट्रिय सभा संसदीय दलको नेता देवेन्द्र दाहालले संसद् बैठक चल्न नदिने निर्णय भएको जानकारी दिए । क्विन्टल सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन नगरेकाले राष्ट्रिय सभाको बैठक पनि चल्न नदिने उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस