संवैधानिक परिषदको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १८, बिहिबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन १८,काठमाडौँ । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषदको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साँझ ५ बजे बस्न लागेको हो ।

हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन १९ गते अनिवार्य अवकाशमा जाने भएकाले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न लागिएको हो ।वरिष्ठताको आधारमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भावी प्रधानन्यायाधीशको रोलक्रममा पहिलो नम्बरमा छन् ।

संविधानको धारा २८४ को उपधारा ३ को व्यवस्थाअनुसार प्रधानन्यायाधीशको अवकास हुनुभन्दा एक महिना अगाडि नै नयाँ नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

उक्त व्यवस्था अनुसार १९ असारमै प्रस्तावित प्रधानन्यायाधीशको नाम सिफारिस हुनुपर्नेमा बैठक बस्न ढिलाइ हुँदा सिफारिस हुन सकेको छैन ।

गत मंगलबार पनि संवैधानिक परिषद बैठक बसेको थियो । तर नियुक्ति सिफारिस हुन सकेको थिएन ।

ताजा अपडेट

खोजी गर्नुहोस