मन्त्रिपरिषद् बैठकका १६ निर्णय सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १८, बिहिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन १८, काठमाडौँ । मन्त्रिपरिषद्को साउन १६ गते बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् । बिहीबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रमका बीच सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले निर्णय सार्वजनिक गरेकी हुन् ।

पाँचवटा अर्थ मन्त्रालयसम्बन्धीसहित विभिन्न १६ बुँदामा निर्णय सार्वजनिक गरिएको छ । निर्णयअनुसार सरकारले फास्ट ट्र्याकसम्बन्धी खोकनाको जग्गा विवाद समाधान गर्न गठित समितिको म्याद थप गरेको छ।

उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित समितिको म्याद तीन महिना थप गर्ने निर्णय भएको हो । मन्त्रिपरिषद्कै बैठकले शंकर प्रसाद अधिकारीको संयोजकत्वमा बनेको सार्वजनिक संस्थान सुझाव समितिको म्याद दुई महिना थप गर्ने निर्णय पनि गरेको छ ।
यस्तै खाद्य तथा पोषण सुधार कार्यकक्रम दोस्रोका लागि करिब २ अर्ब ६२ करोड रुपैयाँ अनुदान प्राप्त गर्न अन्तिम रुप दिनका लागि वार्ता समिति गठन गर्ने निर्णय पनि भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस