कृषि मन्त्री भुसाल र भारतीय राजदूत श्रीवास्तबिच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १८, बिहिबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन १८, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा। बेदुराम भुसाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता भएको छ । बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा कृषि मन्त्री भुसाल र राजदूत श्रीवास्तवबिच भेटवार्ता भएको हो ।

भेटमा मन्त्री भुसालले भारतले चामल निर्यातमा रोक लगाएको बारेमा चासो व्यक्त गर्नुभएको छ । उहाँले यसअघि जस्तै भारतले चामल निर्यातलाई सहज बनाउनुपर्ने बताए ।

यसबारे राजदूत श्रीवस्तवले चामल विदेश निर्यातमा रोक लगाएको निर्णय भारतले गरे पनि सो निर्णय नेपालको हकमा लागू नहुने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस