जनमत पार्टीको सरकारलाई समर्थन यथावत, सहभागी हुने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १९, शुक्रबार (१ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाडौँ । सरकारबाट बाहिरिएको जनमत पार्टीले सरकारलाई दिएको समर्थन यथावत राखेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले सरकारको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गरेको पार्टीका केन्द्रीय प्रवक्ता डा शरद सिंह यादवले बताए ।

सरकारमा सहभागी हुने विषयमा समेत बैठकमा छलफल भएको बताइएको छ । यसअघि कृषि या उद्योग मन्त्रालय दाबी गरेको जनमतलाई खानेपानी मन्त्रालय दिइएकामा असन्तुष्ट हुँदै सरकारबाट बाहिरिएको हो। पार्टीबाट केही समय अब्दुल खानले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई रोजेको मन्त्रालय दिन लचक रहेको बालुवाटार स्रोतले जनाएको छ । पहिले दाबी गरकै मन्त्रालय पाएमा सरकारमा सहभागी हुन जनमत तयार रहेको पार्टीका एक पदाधिकारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस