निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २०, शनिबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाडौँ । सर्वोच्च अदालतले तोकिएको समयमा निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा नबुझाउने उम्मेदवारलाई रु १५ हजार जरिवाना तिर्नुपर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले निर्वाचन उक्त जरिवाना लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । मोरङ जिल्लाका प्रनिनिधिसभा सदस्य विनोदमणि भट्टराईले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस