प्रतिनिधिसभामा आजपनि एमालेद्धारा नाराबाजी, बैठक भोली बस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २४, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन २४, काठमाडौँ । सुन तस्करी प्रकरणको विषयलाई लिएर आजपनि प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष नेकपा एमालेले नाराबाजी गरेको छ । बैठक सुरु हुने वित्तिकै एमालेका सांसदहरू सिटबाट उठेर विरोध जनाएका हुन् ।

एमाले सांसद सूर्यबहादुर थापाले सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चित्तबुझ्दो जवाफ नदिएकाले अवरोध कायम राख्ने बताए ।

सभामुखले जनताका विषय बैठकमा राख्नुपर्ने भएकाले आफ्नो आसनमा फर्कन पटक पटक आग्रह गर्दा पनि एमाले सांसदहरूले अवरोध जारी राखेपछि २६ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस