एमालेले तोक्यो सातै प्रदेशको अधिवेशन मिति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण २९, सोमबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन २९, काठमाण्डौँ । नेकपा एमालेले प्रदेश अधिवेशनको मिति तोकेको छ । आज बसेको पार्टी सचिवालय बैठकले अधिवेशनको मिति तोकेको हो । एमालेको प्रदेश अधिवेशन भदौ दोस्रो साता सुरु हुनेछ । बैठकले लुम्बिनी प्रदेशको अधिवेशन भदौ १६ र १७ गतेका लागि तोकेको छ भने असोज ५ र ६ गतेका लागि मधेश प्रदेशको मिति तोकेको छ ।

यस्तै, बैठकले असोज ८ र ९ मा बागमती प्रदेश, असोज १० र ११ गते कर्णाली प्रदेश र असोज १२–१३ मा कोशी प्रदेशको अधिवेशन मिति तोकेको छ । यस्तै, असोज १५ र १६ गण्डकी, असोज १९ र २० उपत्यका विशेष र अन्तिममा असोज २१ र २२ गते सुदूरपश्चिमको अधिवेशन हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस