‘जातीय विभेद् गर्नेलाई राज्यले आजीवन कारावासको सजाय दिनुपर्छ’ : वामदेव गौतम

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ३१, बुधबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ३१, काठमाडौँ । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जातीय विभेद र उत्पीडन गर्नेहरुमाथि आजीवन कारावासको सजाय दिने कानून बनाउन सरकारसँग माग गरेका छन् ।

मृत्युदण्डको कानूनी व्यवस्था गरेपछि मात्रै अमेरिका लगायतका मुलुकमा जातीय तथा वर्णभेद अन्त्य भएको उल्लेख गर्दै उनले नेपालमा पनि त्यसको अन्त्यका लागि सरकारले पीडकलाई आजीवन कारावासको सजाय दिनेगरी सरकारले कानूनी व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याएका हुन् । आज पनि नेपाल र भारत जातीय विभेदले पीडित हुनु परेकोमा आपत्ति जनाउँदै सांसद गौतमले त्यसको अन्त्य अब पीडकलाई सम्झाएर, बुझाएर नहुने जिकिर गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस