सदनको गतिरोध अन्त्यका लागि बालुवाटारमा सत्तारुढ दलको छलफल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ३१, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ३१, काठमाडौँ । सत्तारूढ दलहरूबीच सदनको गतिरोध अन्त्यका विषयमा छलफल भएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ ।

सोही विषयमा सत्तारुढ दलबीच बुधबार बिहान छलफल भएको हो । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा संसद्को गतिरोध खुलाउने विषयमा कुराकानी भएको छ ।

बैठकले सदनको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दललगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस