संसद अवरोधमा राष्ट्रपतिको चासो, सर्वदलीय बैठक बोलाउने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ३२, बिहिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ३२, काठमाडौँ । क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानविन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध पारेपछि संसद सुचारु गर्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले सहजीकरण गर्न थालेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अवरुद्ध संसद सुचारु गर्ने विषयमा परामर्श गरेका राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन् ।

निरन्तर संसद अवरुद्ध हुँदा बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तथा व्यवासयिक वातारण प्रर्वद्धन सम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक, केही नेपाल ऐनलाई संशोधन विधयेकलगायतका संसदमा अलपत्र परेको भन्दै राष्ट्रपति पौडेलले अवरुद्ध संसद सुचारु गर्ने विषयमा दलहरुसँग परामर्श गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस