‘निजामती कर्मचारी देशको स्थायी सरकार हो, सशक्त बन्नुपर्‍यो’ : शेरबहादुर देउवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र १, शुक्रबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको विकासका लागि निजामती कर्मचारीले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

आज शुक्रबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन उद्घाटन गर्दै सभापति देउवाले निजामती कर्मचारी मुलुकको स्थायी सरकार भएकाले देशको विकासका लागि सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

उनले जनताको सेवामा निजामती कर्मचारीले बिनाअवरोधका साथ काम गर्न पाउनुपर्ने धारणा पनि व्यक्त गरेका छन् । लोकतान्त्रिक संविधान अनुसार दलहरु लोकतान्त्रिक हुँदै गएको भन्दै उनले अहिलेको व्यवस्थालाई बलियो बनाउन सबै चनाखो हुनुपर्ने जिकिर गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस