एमालेबाट जनप्रतिनिधि बनेकाले पार्टीको अध्यक्ष र सचिवमा दाबी गर्न नपाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र २, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र २, काठमाडौँ । नेकपा एमालेबाट जनप्रतिनिधि बनेका वडाका अध्यक्ष तथा पालिकाका प्रमुख र उपप्रमुखले पार्टीको प्रदेश कमिटीका अध्यक्ष र सचिवमा कुनै पनि दाबी गर्न नपाउने भएका छन् ।

पार्टीको केन्द्रीय सचिवालयको २३औं र २४औं बैठककका निर्णय अनुसार जारी गरिएको अन्तरपार्टी निर्देशनले यस्तो व्यवस्था गरेको हो ।

अपानिमा उल्लेख भए अनुसार प्रदेशसभा सदस्य, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यले समेत यी दुई पदमा उम्मेदवारी दर्ता गर्न नपाउने भएका छन् ।

जारी अपानिमा आसन्न प्रदेश अधिवेशनमा प्रतिनिधि छनौट र कमिटी निर्माणलाई विशेष प्राथमिकतमा राखिएको छ । पार्टीले यस अघि नै सबै कमिटीको संख्या घटाउने निर्देशन जारी गरिसकेको छ । मध्य भदौदेखि असोज भित्रमा प्रदेश कमिटीका अधिवेशन सम्पन्न गर्न अधिवेशनको मिति पनि तय गरेर सर्कुलर पठाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस