प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ३, आईतबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

भाद्र ३, काठमाडौँ । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । सदनको अवरोध खुलाउने विषयमा दलीय सहमति जुट्न नसक्दा १० साउनदेखि बैठक स्थगित हुँदै आएको छ ।

आइतबार बसेको सर्वदलीय बैठकमा पनि सहमति नजुटेपछि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अपरान्ह करिब ३ बजेतिर सूचना निकालेर मंगलबार अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै १० साउनदेखि प्रमुख प्रतिपक्षी एमाालेले सदन अवरुद्ध गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस