प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ३, आईतबार (१ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

भाद्र ३, काठमाडौँ । अवरुद्ध सदन सुचारु गर्ने विषयमा सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सहमतिमा पुग्न सकेन । बैठकमा प्रमुख प्रतिपक्ष एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने अडान नछोडेपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

बैठकपछि रास्वपा सभापति रवि लामिछानेले सदन खुलाउनुपर्छ भन्नेमा सबै दल सहमत रहेको र त्यसका लागि भोलि फेरि बैठक बस्ने बताए ।
एमालेले राखेको उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने मागका विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सीआईबीले अनुसन्धान गरिरहेकाले अर्को समिति बनाउँदा छानिबन प्रभावित हुनसक्ने बताएका थिए ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस