धादिङ बस दुर्घटनाप्रति प्रधानमन्त्री दाहालद्धारा दुःख व्यक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० भाद्र ६, बुधबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाडौँ । धादिङमा भएको बस दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत् सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

बुधबार बिहान धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो ।

‘काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशुली नदीमा खस्दा ८ यात्रुको निधन भएको समाचारले दुखी तुल्याएको छ ।’ प्रधानमन्त्रीले भनेका छन्, ‘सवारी दुर्घटनामा परी ज्यान गुमाउनुहुने मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र शुभेच्छुकहरूमा समवेदना प्रकट गर्दछु ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस