एमालेको उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीहरु निर्विरोध निर्वाचित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० आश्विन २१, आईतबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

आश्विन २१,काठमाडौँ । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा प्रेम कुमार पराजुली, उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलनराज धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ ।

पराजुलीलाई सुजाता शाक्य लगायतको जोडबलमा फेरि पनि अध्यक्षमा अघि सारिएको थियो । पराजुलीसँगै पार्टी केन्द्रीय सदस्य तथा उपत्यका विशेष प्रदेश कमिटीका उपसचिव चन्द्र रिजालले पनि उम्मेदवारी दर्ता गराएका थिए । तर पछि रिजालले उम्मेदवारी फिर्ता लिएकाले पराजुली सर्वसम्मत भएका हुन् ।

केही सदस्यहरुमा भने निर्वाचन भएको छ । उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनमा ३०० भन्दा बढी प्रतिनिधिहरु छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस