एनआरएनएमा डा. बद्री के.सी नेतृत्वले कार्यभार सम्हाल्यो

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० कार्तिक ४, शनिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कात्तिक ४,काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वले आज शनिवारदेखि कार्यभार सम्हालेको छ ।

कार्यभार सम्हालेपछि नवनिर्वाचित अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा पदाधिकारीको पहिलो बैठक भएको थियो । यद्यपि बैठकका निर्णय सार्वजनिक गरिएको छैन ।

त्यसअघि एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले नयाँ नेतृत्वलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेर पद तथा गोपनीयताको शपथ गराएको थियो ।

सूचना प्रविधिसम्बन्धी अडिट गर्ने अन्तर्राष्ट्रिय संस्थाबाट निर्वाचन विवाद अडिट गराई प्राप्त हुने प्रतिवेदनलाई आफूहरूले स्वीकार गर्ने नवनिर्वाचित अध्यक्ष केसीले बताएका छन्। तर असन्तुष्ट पक्षले भने धाँदलीबाट भएको नेतृत्वलाई स्वीकार गर्न नसकिने बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस