स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १८, शनिबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कात्तिक १८, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेका छन् । उद्धार र घाइतेहरुको उपचारको व्यवस्थानका लागि उनी स्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जान गएका हुन् ।

प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिलसमेत गरेका छन् । उनले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय रुपमा काम गर्न भनेका छन् । गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि दुवै जिल्लामा गरेर ६३ जनाको ज्यान गएको पुष्टि भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस