सुदूरपश्चिम सरकारले भूकम्प पीडितका लागि १ करोड दिने, २० जना स्वास्थ्यकर्मी पठाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १८, शनिबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

कार्तिक १८, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।

यस्तै सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस