भूकम्प पीडितका लागि एकीकृत समाजवादीले गर्‍यो २५ लाख रुपैयाँ सहयोग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २१, मंगलबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कार्तिक २१, काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका लागि नेकपा एकीकृत समाजवादीले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले यस अघि घोषणा गरे बमोजिम २५ लाखको चेक आज सरकारलाई हस्तान्तरण गरेका छन् ।

अध्यक्ष नेपालले २५ लाखको चेक बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तर गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस