भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीले एक महिनाको तलब दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक २३, बिहिबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

कार्तिक २३, काठमाडौँ । प्रधानमन्त्री र मन्त्रीले जाजरकोट भूकम्प्प पीडितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्प पीडितका लागि प्रधानमन्त्री र मन्त्रीले एक एक महिनाको तलब आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

एक साताअघि जाजरकोट केन्द्रविन्दु बनाएर ६।२ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रूकमपश्चिममा ठुुलो धनजनको क्षति भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस