भूकम्पपीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीको सहयोग

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० कार्तिक ३०, बिहिबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

कार्तिक ३०, काठमाडौँ । चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ ।

पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई आज साँझ यहाँ रु दुई करोड ७४ लाख ७५ हजार बराबरका राहत सामग्री उपलब्ध गराएको हो ।

यहाँस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले ती सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख डा राजन भट्टराई, नेकपा माओवादी केन्द्र महासचिव र नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठलाई संयुक्तरूपमा हस्तान्तरण गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस