एमालेले भोलिका लागि बोलायो विशेष बैठक, के-के छन् एजेण्डाहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १, शुक्रबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर १, काठमाडौँ । नेकपा एमालेले भोलिका लागि विशेष बैठक बोलाएको छ ।

भोलि मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजेका लागि बैठक डाकिएको हो । बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई बोलाइएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको आयोजनामा हुने मंसिर ७ गतेको कार्यक्रमको बारेमा छलफल हुनेछ ।

युवा संघले आगामी मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस