सञ्चालनमा आएको एक बर्षपछि प्रधानमन्त्री दाहालले गरे अस्पतालको उद्घाटन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर १, शुक्रबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

दमौली । प्रधानमन्त्री पुष्पकमल दाहालले तनहुँको आँबुखैरेनी–३ मा अस्पतालको उद्घाटन गरेका छन् आँबुखैरेनी गाउँपालिकाले गत वर्षको मङ्सिर १ गतेदेखि स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी अस्पतालका रुपमा सेवा सुरु गरेको थियो ।

अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, फार्मेसीलगायत सेवा सुरु गरिएको छ । अस्पतालमा एक जना वरिष्ठ चिकित्सक र दुई जना मेडिकल अधिकृतको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस