एमालेको विशेष बैठक आज बस्दै, के-के छन् मुख्य एजेण्डाहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २, शनिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर २, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विशेष बैठक आज शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरु उपस्थिति हुने बताइएको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको आयोजनामा हुने मंसिर ७ गतेको कार्यक्रमको बारेमा छलफल हुने बताइएको छ । युवा संघले आगामी मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस