‘राष्ट्रपतिले कांग्रेसको प्रतिनिधि भएर काम गर्दैछन्’ : अध्यक्ष ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर २, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको आरोप लगाएका छन् ।

राष्ट्रपतिले तनहुँमा पुगेर कांग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि काँग्रेसको प्रतिनिधिको रुपमा पुगेको ओलीको जिकिर थियो । पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित आयोजित विशेष भेलामा बोल्दै अध्यक्ष ओलीले राष्ट्रपति पौडेलको शुरुदेखि नै पदीय निष्पक्षतामाथि प्रश्न उठेको दाबी गर्दै अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा लागि परेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस