तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर ८, शुक्रबार (१ साल अघि)
  • ५० पटक पढिएको
Post Thumbnail

मंसिर ८,काठमाडौँ । तिनकुनेमा जम्मा भएका गणतन्त्र विरोधी दुर्गा प्रसाईं समर्थक वीर गोर्खालीका संयोजक सौरभ भण्डारीसहित ७ जनालाई प्रहरी पक्राउ गरेको छ । स्थानीय प्रशासनको आदेश विपरित तीनकुनेमा जम्मा भएका प्रसाईं समर्थक ७ जनालाई प्रहरीले पक्राउ गरी नजिकैको प्रहरी चौकीतर्फ लगेको हो ।

प्रहरीले पक्राउ गरेकाहरुको पहिचान खुलाइसकेको छैन । स्थानीय प्रशासनले तीनकुने क्षेत्रमा प्रसाई र उनका समर्थकलाई प्रदर्शन गर्न अनुमति दिएको छैन ।

प्रसाईंले मंसिर ७ बाट व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गर्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस